दैलेख जिल्लाकाे सक्षिप्त परिचय
दैलेख जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्रअन्र्तगत भेरी अञ्चलमा पर्ने एक पहाडी जिल्ला हो । यस जिल्लाको नाम “दैलेख” कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरु प्रचलित छन् । पौराणिक कालमा दधिचि नाम गरेका एक जना ऋषिले यस क्षेत्रमा तपस्या गरी बसेकाले उनै महर्षिको नामबाट दधिचि लेक भन्न थालिएको र कालान्तरमा त्यहि नाम अपभ्रंश हुदै दैलेख रहन गएको भन्ने एक कथन छ । अर्काे जनश्रुती अनुसार पौराणिक कालमा यो क्षेत्र देवताहरुको बासस्थान भएकोले देवलोकबाट दैलेख हुन पुगेको हो भन्ने भनाई छ । यसैगरी अर्काे एक पौराणिक कथन अनुसार प्राचिन समयमा ठूलो बनक्षेत्र भएको र यहाँका लेकहरुमा ठूलो संख्यामा गाई भैंसी पाल्ने गरेकाले प्रसस्त मात्रामा दूध दही पाइने हुनाले यसको नाम “दहिलेक” भएको र समय अन्तरालमा यस नामको अपभ्रंश हुदै दैलेख रहन गएको हो भन्ने पनि गरिन्छ । प्राचीन र मध्यकालिन समयमा हालको दैलेख जिल्ला दुल्लु र बेलासपुर गरी दुई राज्यमा विभाजित थियो र ई.स. १७८९ मा नेपाल एकिकरण अभियानको शिलसिलामा बहादुर शाहबाट यी दुई राज्यहरुको एकिकरण गरेको तथ्य ऐतिहासिक बर्णनहरुमा पाइन्छ ।
थप पढ्नुहोस्