यहि
मिति २०८२ जेठ २९ गतेका दिन बसेको नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री वितरण सम्बन्धी जिल्ला अनुगमन समिति दैलेखको बैठकको निर्णय अनुसार मिति २०८२ असार १ गतेदेखि २०८२ भाद्र मसान्तसम्म नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन कार्य पूर्ण रुपमा बन्द हुने हुदाँ यस जिल्ला भित्रका विभिन्न स्थानहरुमा नियम अनुसार संकलन गरी राखिएको ढुंगा, गिट्टी, बालुवा लगायत सामाग्रीहरुको स्टक प्रमाणितको लागि असार १ गतेदेखि असार ६ गतेभित्र सम्बन्धित स्थानीय तहमा राजश्व बुझाएको सक्कलै रसिद सहित सम्बन्धित स्थानीय तह वा यस कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।